नियम १३
भिसा दिन वा नेपालभित्र प्रवेश गर्न दिन इन्कार गर्न सकिने
यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि देहायका विदेशीहरूलाई भिसा दिन वा नेपालभित्र प्रवेश गर्न दिन अध्यागमन अधिकृतले प्रवेश विन्दुमा नै इन्कार गर्न सक्नेछः–
(क) राहदानी र भिसा शंकास्पद देखिएका,
(ख) ऐन वा यस नियमावलीको विपरित काम गरेवापत निष्काशन गरिएका वा नेपालमा प्रवेश गर्न निषेध गरिएका ।
(ग) यस नियमावली बमोजिम बस्न पाउने अबधि व्यतित गरिसकेका ।
(घ) प्रवेश गर्न आउने विदेशीको यात्रा सम्बन्धी कागजात शंकास्पद देखिएमा ।